हामि संग जोडिनुहोस

खेलकुद

जनकपुरले पोखरालाई ७ विकेटले हरायो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२०
  • सुन्नुहोस् 
234  
Banner

काठमाडौं । नेपाल प्रिमियर लिग  एनपीएल मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। आज सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। जनकपुरका लाहिरु मलिन्थाले सर्वाधिक ४५ रन जोडे । जिमी निसमले नटआउट ४०, आसिफ शेखले ३३ र हर्स ठाकरले १३ रनको योगदान गरे। पोखराका विपीन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो। पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए।जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए।


तपाइको प्रतिक्रिया दिनुहोस्