समाचार
कैलाली जिल्ला समन्वय प्रमुखका लागि पन्तलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली काँग्रेसले केशवराज पन्तलाई उमेदबार बनाउने भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय समितिको मंगलवार बसेको बैठकबाट पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसका प्रदेश प्रदेश कार्यसमिति सदस्य तथा प्रवक्ता सुरत रावतले जानकारी दिएका छन् ।
धनगढी २ नम्बरबाट सदस्यमा निर्वाचित पन्त मङ्सिर १६ गते गते हुने जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवार बन्ने भएका हुन् । समन्वय समितिका लागि कैलाली १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
कैलालीका समन्वय प्रमुख गौरीगङ्गा वडा नम्बर ८ बाट सदस्यमा निर्वाचित पदम कलेलको स्वर्गारोहण भएपछि उक्त पदका लागि पुनः निर्वाचन हुन लागेको हो । कलेजो र मिर्गौलाको बिरामीबाट निधन भएको थियो । कैलालीको मसुरिया घर भएका ५२ वर्षीय कलेल नेपाली काँग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखका निर्वाचित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्