हामि संग जोडिनुहोस

समाचार

उपत्यकाबाट एक सातामा तेह्र लाख मानिस दशैँका लागि बाहिरिए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२५
  • सुन्नुहोस् 
264  
Banner

काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । 

१८ लाख मानिस दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।  

“हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।”अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए । -रासस


तपाइको प्रतिक्रिया दिनुहोस्