हामि संग जोडिनुहोस

समाचार

गोरखामा एक महिलाको हत्या

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२४
  • सुन्नुहोस् 
48  
Banner

, गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए ।धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको प्रहरी इन्सपेक्टर कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो । साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो ।प्रहरी इन्सपेक्टर कार्कीका अनुसार उनको मोबाइल बरामद गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्