हामि संग जोडिनुहोस

राजनीति

हेलिकप्टर चढेर सिन्धुली पुगे ३ मन्त्री

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२२
  • सुन्नुहोस् 
63  
Banner

, काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत गृहमन्त्री रमेश लेखकसहित तीन मन्त्री सिन्धुलीको खुर्कोट पुगेका छन् । गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटमा पुगेको हो ।१२ र १३ असोजमा आएको वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि लेखक अनुगमनमा निस्किएका हुन् ।उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।साथै उनीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, स्थानीय जनप्रतिनिधि लगायतसँग छलफल पनि गरेका छन् ।सिन्धुलीको वस्तुस्थिति बुझेपछि मन्त्री लेखकसहितको टोली सेनाकै हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको चौतारा र ललितपुरको महांकाल जाने तयारी छ ।बाढी प्रभावित क्षेत्रको अवलोकन पछि सेनाकै हेलिकप्टरमार्फत टोली काठमाडौं फर्किने मन्त्री लेखकको सचिवालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्