हामि संग जोडिनुहोस

समाचार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२२
  • सुन्नुहोस् 
48  
Banner

लौरीमाकञ्चनपुर ।कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्।बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ  । प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिएका छन् । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्