हामि संग जोडिनुहोस

समाचार

भारतालको नयाँ कार्य समितिको पदभार तथा सपथ ग्रहण सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२१
  • सुन्नुहोस् 
435  
Banner

धनगढी। कैलालीको धनगढी स्थित भारताल  साझेदारी वन  उपभोक्ता  समुहको नयाँ कार्य समितिको पदभार तथा सपथ ग्रहण  सम्पन्न भएकाे छ । सोमबार समुहको कार्यलयमा आयोजित एक समारोहका बिच  पदभार तथा गोपनियताको सपथ ग्रहण  सम्पन्न भएकाे हो  ।  डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कडेँलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सो सपथ ग्रहण कार्यक्रममा बोल्दै डिभिजनल वन अधिकृत कडेँलले  वन संरक्षण गरेर पुस्तान्तरण गर्न सक्नु पर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा वनमा कुशासन हावी भएको बताउदै अधिकृत कडेँलले हरेक वन समुहमा शुसासनको आवश्यकता औल्याएँ ।

दोस्रो कार्यकालका लागि  सर्वसम्मत चयन भएका यादव प्रसाद भण्डारी लगायत  १७ सदस्यीय कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।   उपाध्यक्ष वाहेक सदस्य सचिवमा  सव डिभजन वन कार्यालय फूलवारीका जिवछ यादव, सदस्यहरुमा यमुना भट्ट,मोहनराज ओझा,धुर्व कठायत,केवल रानाभाट,जानकी देवि रोकाय, रामदिन चौधरी,खेमबहादुर चन्द, दिपेन्द्र घर्तीमगर,टंक बास्कोटा, प्रकाश रानाभाट, छत्रबहादुर शाही ,रामसमझ चौधरी, विष्णुजोशी, र अक्कल बहादुर भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

यसैगरी सल्लाहकार उपसमिति संयोजकमा राधा मिश्र पदम अधिकारी ,अनुगमन उपसमितिमा  संयोजक बलिराम चौधरी सदस्यहरुमा  भिमबहादुर चौधरी र सुस्मिता चौधरी  र लेखा समिति संयोजकमा  निर्मल चौधरी सदस्यमा  सरस्वती चन्दले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यस्तै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कडेँललाई समुहका अध्यक्ष  भण्डारीले उत्कृष्ट डिभिजनल वन अधिकृतको रुपमा सम्मान समेत  गरेका थिए । गत  १३ गतेकाे अधिवेसनबाट दोस्रो कार्यकालका लगि नयाँ कार्य समिति चयन भएको थियो ।धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारीका २ वडा गरि भारताल साझेदारी वनको कार्यक्षेत्र रहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्