हामि संग जोडिनुहोस

राजनीति

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा काँग्रेस विरोध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२१
  • सुन्नुहोस् 
60  
Banner

बाजुरा ।बाजुराको खप्तड छेडेदह गाउँपालिकाले योजना विनियोजनमा व्यक्तिगत मुखी गरेको भन्दै नेपाली काँग्रेस खप्तड छेडेदह गाँउकार्यसमितिले विरोध जनाएको छ । आइतबार पालिकामा नेपाली काँग्रेसले पालिकामा ज्ञापन पत्र बुझाएको छ ।गाउँपालिकाको २०८१÷०८२ बजेटमा कार्यकर्ता मुखी आवश्यकता भएको स्थानमा योजना नपारेको भन्दै उनीहरूले आइतबार पालिकामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको नेपाली काँग्रेस खप्तड छेडेदह गाँउकार्यसमितिका सभापति हर्कबहादुर रावतले जानकारी दिएका छन् ।

माग पुरा नभए चरणबद्ध आन्दोलनमा रहेको बताउँदै काँग्रेसले बजेट संशोधन गर्न माग गरेको छ ।विरोध सभामा पुर्व गाउँपालिका अध्यक्ष नरबहादुर रावत पर्व गाउँपालिका वडा न ६ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुम्भनाथ योगी लगायतले सम्बोधन गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्