हामि संग जोडिनुहोस

समाचार

अत्तरियामा होटेलबाट ३ युवायुवती पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१६
  • सुन्नुहोस् 
90  
Banner

धनगढी। अत्तरियामा होटेलबाट ३ जना महिला पुरुष पक्राउ परेका छन् । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ गरेको हो ।गोदावरी नगरपालिका(२ आदर्श गल्ली नं १ मा रहेको रोहित होटेल एण्ड लजबाट सञ्चालकसहित २ महिला र १ पुरुष गरी ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्