हामि संग जोडिनुहोस

समाचार

बाढीपहिरोमा २१८ जनाको मृत्यु, २७ बेपत्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
57  
Banner

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परेर देशभर २१८ जनाको मृत्यु भएको बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठमा उनले बाढीपहिरोमा २७ जना बेपत्ता र १४३ जना घाइते भएका बताएका छन् ।बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका ४ हजार २२ जनाको उद्धार गरेका बताए । उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्