हामि संग जोडिनुहोस

समाचार

मोटरसाइकल टुर्घटना हुँदा २ जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
93  
Banner

कैलाली ।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार राती गौरीगंगा नगरपालिका – १ मा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको हो । चौधरी सवार बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मल्ल सवार से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुने दुवै जना मोटरसाइकल चालक हुन ।


तपाइको प्रतिक्रिया दिनुहोस्