हामि संग जोडिनुहोस

राजनीति

इभी माइक्रो हाइस इकाई कमिटीमा जोशी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१४
  • सुन्नुहोस् 
510  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पहिलोपटक इभी माइक्रो हाइस इकाई कमिटी गठन गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनामा आइतबार धनगढीमा पहिलोपटक इभी माइक्रो हाइस इकाई कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा बलदेव जोशी चयन भएका छन् ।  यस्तै कमिटीको उपाध्यक्षमा महेशराज भट्ट, सचिवमा सन्तोष धामी, कोषाध्यक्षमा पुष्पा भण्डारी, सहसचिव धनबहादुर टेर तथा सदस्यहरुमा वेदप्रकाश चौधरी, टेकबहादुर भण्डारी, सन्तोष तामाङ, हिमाल खड्का, सुनिल पन्थी, तुलाराम घर्ती, बहादुर धामी, पदमराज उपाध्याय, अर्जुन शाही र लोकेन्द्र चन्द चयन भएका छन् । 

    नेपाल यातायात मजदुर संघ कैलालीका अध्यक्ष जंगबहादुर श्रीमालको अध्यक्षतामा बसेको भेलामा नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष केशव पन्त प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै पन्तले यातायात क्षेत्रका पीडा धेरै भएको बताए । उनले भने, यातायात क्षेत्रमा काम गर्ने मजदुरदेखि शाहूसम्मका पीर मर्कालाई संगठनले समाधान गर्न काँध थापिरहेको छ । कार्यक्रम स्वागत मन्तव्यमा बोल्दै नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य नवीन रावलले गतिलो सडक नहुँदा यातायात क्षेत्र वर्षाका कारण प्रभावित हुँदै गएको बताए । उनले भने,यातायात व्यवसायी र मजदुरले छाडा चौपायाका साथै ट्राफिक प्रहरीको झन्झटिलो चेकजाँच प्रकृयाले दुस्ख खेप्नु परेको छ । ट्राफिक चेकजाँचलाई अनलाइन सिष्टमबाट व्यवस्थित गरिनु पर्ने उनले बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस का प्रदेश वरिष्ठ उपाध्यक्ष गोविन्द शाह, जिल्ला उपाध्यक्ष तेजराज भट्ट, नेपाल यातायात मजदुर संघका केन्द्रीय महिला उपाध्यक्ष शान्ति भट्ट, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्यहरु भोजराज भट्ट, कोपिला रानाभाट, विक्रम स्वाँर, प्रदेश महिला उपाध्यक्ष खगेश्वरी गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव राजेन्द्र भट्टले गरेका थिए । 

         यस्तै शनिबार नेपाल यातायात  मजदुर संघ टेक्सी चालक इकाई समिति गठन गरिएको थियो । शंकर सेठीको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्