हामि संग जोडिनुहोस

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१२
  • सुन्नुहोस् 
468  
Banner

काठमाडौँ । लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि बन्द गरिएको छ । 

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । 

अन्तर्राष्ट्रियतर्फ भने शनिबार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

यसअघि भारी वर्षापछि शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्