हामि संग जोडिनुहोस

समाचार

भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-२७
  • सुन्नुहोस् 
612  
Banner

 कैलाली। कैलालीका धेरै स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।‘पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्