हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमको बजेटमा ढिलाइले कृषिका कार्यक्रम प्रभावित हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१९
  • सुन्नुहोस् 
135  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालयहरू बजेटका कार्यक्रम प्रविष्ट गर्न व्यस्त छन् ।आर्थिक मामिला मन्त्रालयको परिपत्रपछि यहाँका मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट भदौ १६ गतेदेखि नै बजेट सूचना प्रणाली 

पीएलएमबीआईएस० मा योजनाहरू प्रविष्ट भइरहेको छ ।आथिक मामिला मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकायाका अनुसार पुरानै बजेट सिलिङमा १५ प्रतिशत बजेट घटाएर योजना प्रविष्ट गर्ने काम भइरहेको हो । बजेटमा पहिलेका कार्यक्रम कटौती हुने गरी परिमार्जन गरिएको हो ।पीएलएमबीआईएसमा खास गरी चालु खर्च, अनिवार्य दायित्व सिर्जना हुने विषय बाहेक, पुँजीगततर्फ पनि राष्ट्रिय गौरवका योजना, स्थानीय तहलाई समपूरकमार्फत हस्तान्तरण गरिएका कार्यक्रमहरू बाहेकका योजनामात्रै प्रविष्ट भइरहेको जनाइएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘पहिलेको कार्यक्रम परिमार्जन भइरहेको छ । कार्यक्रमहरूमा वडा तोकिएको भए हटाइएको छ । व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने निर्देशन आएको हुँदा त्यसैअनुसार काम भइरहेको छ ।’असार १ गते प्रदेश सभामा प्रस्तुत नियमित बजेट आउन नसकेपछि बन्न लागेको अर्को बजेटको तयारी भइरहेको हो । यतिबेला यहाँका मन्त्रालय, मातहतको कार्यालयमार्फत धमाधम बजेटका कार्यक्रम प्रविष्ट भइरहेका हुन् ।भदौ २० गतेभित्र प्रदेश सभामा बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी थियो । तर प्रविष्ट गर्ने कार्य अझै बाँकी रहेकाले केही समय लाग्ने बताइएको छ ।आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले भने, ‘भदौ २० गतेभित्र बजेट ल्याउने तयारी थियो । तर काम अझै बाँकी नै रहेकाले केही समय लाग्न सक्छ । २५ गतेभित्र बजेट प्रस्तुत गर्ने तयारी छ ।’तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक ९बजेट० पास नभएपछि नवगठित सरकारले नयाँ बजेट ल्याउँदै छ । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक ९बजेट० पेस गरेको थियो । तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले प्रदेशसभाबाट बजेट पास गर्न सकेन साउन २० नियुक्त मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।बजेटमा आउन ढिलाइ भएपछि चालु आर्थिक वर्ष कृषि क्षेत्र अन्तर्गतका कार्यक्रम प्रभावित हुने देखिएको छ । अझैसम्म बजेट निर्माणकै चरण चलिरहेकाले कृषि अन्तर्गतको तोरी तथा तेलहन बाली, आलु तथा तरकारी खेती प्रबर्द्धनसँग सम्बन्धित कार्यक्रम प्रभावित हुने देखिएका हुन् ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कुश्मीले भने, ‘सुदूरपश्चिमको मौसम अनुसार तोरी, आलुजस्ता तेलहन तथा तरकारी बाली रोप्ने कार्य हुन्छन् । जुन कारण ती बाली प्रबर्द्धनका कार्यक्रम असोज महिनादेखि नै हामीले कार्यान्वयनमा लैजानुपर्छ । तर बजेट नै भदौको अन्तिम सातासम्ममा मात्रै आउन लाग्दा प्रक्रियागत कठिनाइले प्रभावित हुने देखिन्छ ।’


तपाइको प्रतिक्रिया दिनुहोस्