हामि संग जोडिनुहोस

समाचार

कैलालीमा जापानिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१८
  • सुन्नुहोस् 
192  
Banner

धनगढी।जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिए।जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालकको भदौ ७ र वडा नं ६ का ६० वर्षीय पुरूषको भदौ ३ गते मृत्यु भएको हो। गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताए।गौरीगङ्गामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो। गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्। अन्य सङ्क्रमितको उपचार भइरहेको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्