हामि संग जोडिनुहोस

राजनीति

लेखराज भट्टको युद्ध स्मरण कतिपय नचिताएको घटना भए, सम्झिँदा चसक्क दुख्छ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१३
  • सुन्नुहोस् 
144  
Banner

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी युद्धकालका केही घटना सम्झिँदा अहिले पनि मन दुख्ने गरेको बताएका छन् । द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमाओवादी नेता समेत रहेका भट्टले युद्वको क्रममा कतिपय चिताउँदै नचिताएको घटनाहरू भएको स्मरण गरे ।उनले भने, ‘अहिले हामी शान्ति प्रक्रियामा आएर यहाँसम्म आइसकेका छौं । हिजो मात्रै टीआरसी विधेयक प्रमाणीकरण भएको छ तर, अझै हामीले न्याय दिन सकेका छैनौं ।  पीडित परिवारलाई सम्झिँदा कहिलेकाहिँ चसक्क दुख्छ, जुन चिजको लागि लडाइँ लडियो, त्यहाँ अन्याय भएको देख्दा मन दुख्छ ।’उनले युद्धको क्रममा माओवादीले पूर्वप्रधानमन्त्री देउवालाई लक्षित गरेर प्रहार नगरेको समेत बताए ।उनले भने, ‘उहाँमाथि आक्रमण थिएन, पुलिसको गाडी आयो भनेपछि हानेका थियौं । तर, पछि उहाँको गाडी पर्‍यो भनेपछि आत्मालोचना गर्दै गल्ती भएको छ, भनेर विज्ञप्ति पनि आएको थियो त्यसबेला । कहिलेकाहिँ सूचनाहरू सही आउँदैन ।’उनले टीआरसी विधेयक टुंगोमा पुर्‍याउन भूमिका खेलेकोप्रति प्रधानमन्त्री ओली, देउवा र माओवादी अध्यक्ष प्रचण्डप्रति आभार व्यक्त गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्