हामि संग जोडिनुहोस

समाचार

मुलुकभर २५ जनामा हैजा पुष्टि

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१९
  • सुन्नुहोस् 
99  
Banner

काठमाडौं । मुलुकभर हैजाबाट संक्रमित हुनेक्रम बढिरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हालसम्म मुलुकभर २५ जनामा हैजा पुष्टि भएको छ ।हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा एक र कैलालीको धनगढीमा आठ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित एक पुनस्र्थापना केन्द्रमा, इमाडोलमा र काठमाडौंको टोखा क्षेत्रमा गरी काठमाडौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो ।त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भइरहेको महाशाखाले जनाएको छ । २ वर्षअघि हैजाबाट संक्रमित हुनेको संख्या ७७ जना पुष्टि भएको थियो । गत वर्ष हैजाको संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका–११, १२ र १३ मा हैजाको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्