समाचार
घाँस काटिरहेका बेला बाघको आक्रमणबाट युवतीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।
घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्।अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।