हामि संग जोडिनुहोस

सुदूरपश्चिम

मुक्त कमैया महिला विकास मञ्चद्वारा फलफूलका बिरुवा वितरण

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१६
  • सुन्नुहोस् 
159  
Banner

अत्तरिया ।  मुक्त कमैया महिला विकास मञ्चले कैलाली र कञ्चनपुरमा फलफूलका बिरुवा वितरण गरेको छ । मंगलबार एफसिए नेपालको आर्थिक सहयोगमा कैलाली र  कञ्चनपुर जिल्लामा सञ्चालित ‘सहकार्य परियोजना’ अन्तर्गत ९९ परिवारलाई फलफूल वितरण गरिएको हो ।वातावरण परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र मुक्त कमैया, कम्लहरी तथा अन्य सीमान्तकृत समुदायका परिवारहरूमा खाद्य सुरक्षा तथा पोषण आपूर्ति तथा सचेत गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण गरिएको परियोजनाका संयोजक इन्द्र चौधरीले बताए ।जसअन्तर्गत कैलालीको गोदावरी नगरपालिका – ३ का ३४ परिवार र शुक्लाफाँटा नगरपालिकाका  – ८ का ६५ परिवारलाई तीन वटा आँप र एक वटा लिचीको बिरुवा वितरण गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्