हामि संग जोडिनुहोस

राजनीति

पाँच देशका राजदूत फिर्ता, १८ देशमा सिफारिस

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१४
  • सुन्नुहोस् 
132  
Banner

 काठमाडौं । सरकारले पाँच देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन, अस्ट्रेलिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, रुसका लागि मिलनराज तुलाधर, श्रीलंकाका लागि वासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदू दानबहादुर तामाङ फिर्ता बोलाउने निर्णय गरेको हो ।

आजकै बैठकबाट सरकारले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्