बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२९
  • सुन्नुहोस् 
408   
बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बाढीपहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् ।स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिंदै उनले सबै एक भएर विपत्तिको सामना गर्न अपिल गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च