बूढानीलकण्ठमा देउवा–ओलीबीच २ घण्टा भेटवार्ता,सरकार गठनका विषयमा छलफल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

बूढानीलकण्ठमा देउवा–ओलीबीच २ घण्टा भेटवार्ता,सरकार गठनका विषयमा छलफल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२८
  • सुन्नुहोस् 
621   
बूढानीलकण्ठमा देउवा–ओलीबीच २ घण्टा  भेटवार्ता,सरकार गठनका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए ।

कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने उनीहरुको तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:39) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च