हामि संग जोडिनुहोस

समाचार

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-३-२२
  • सुन्नुहोस् 
258  
Banner

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी -३२_, रास्वपा -२१_, एकीकृत समाजवादी -१०_ र अशोक राई नेतृत्वको जसपा -७_ को गरेर ७९ मत मात्र छ ।

उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस -८८_ र एमाले -७९_ गरी १६७ मत देखिन्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्