खेलकुदमन्त्री संसदमा नगएपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

खेलकुदमन्त्री संसदमा नगएपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-३०
  • सुन्नुहोस् 
492   
खेलकुदमन्त्री संसदमा नगएपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

फाइल तस्वीर ।

२९ जेठ, । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजी भएको छ ।युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्री अनुपस्थित रहेपछि उनको खोजी भएको हो ।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका हुन् ।खेलकुदमन्त्री अनुपस्थित रहेपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाइएको छ ।सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची नै हटाइदिएका हुन् ।‘माननीय सदस्यहरू आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकहरुमाथिको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउँछु’ सभामुख घिमिरेले भने । त्यसपछि बाँकी मन्त्रालयगत बजेटमाथि छलफल अगाडि बढ्यो ।मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । युवा तथा खेलकुद मन्त्रालयको हट्यो ।बाँकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च