बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-११
  • सुन्नुहोस् 
948   
 बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् ।उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च