कैलालीमा प्रहरीमाथि नै जासुसी गर्ने दुई जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीमा प्रहरीमाथि नै जासुसी गर्ने दुई जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-३१
  • सुन्नुहोस् 
753   
कैलालीमा प्रहरीमाथि नै जासुसी गर्ने  दुई जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीमाथि नै जासुसी गर्ने  दुई  जना पक्राउ परेका छन्। तस्कर समूहहरुको तर्फबाट प्रहरीमाथि नै निगरानी गरेको आरोपमा धनगढी ७ मनेहराका बुद्दीराम चौधरी र धनगढी ९ तारातालका पदम पार्की पक्राउ परेका हुन्। शनिबार चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ।

चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै आइतबार बिहान पार्कीलाई पनि पक्राउ गरिएको हो ।प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा निगरानी राख्ने र तस्करहरूलाई यस बारेमा जानकारी दिने गरेको खुलेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख छ। 

उनीहरुले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना दिने गरेको खुलेको हो।

पार्की र चौधरीले तस्कर समूहबाट प्रति सूचनाको ५ सय रुपैँया लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरु दुबै जनालाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च