हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीका दुई बालबालिकाको नदीमा डुबेर मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-३१
  • सुन्नुहोस् 
555  
Banner

कैलाली । नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु भएको छ ।  आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार नदीमा डुबेर ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।खड्काको उद्धार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा मृत्यु भएको र साउँदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको बताईएको छ 

गर्मी अत्यधिक बढेपछि उनीहरु घर नजिकै नदीमा पौडी खेल्न गएको र त्यस क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ । आफन्तहरूले नै उनीहरूलाई उद्धार गरेका थिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्