रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२९
  • सुन्नुहोस् 
915   
रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च