फेसबुकमा आफूविरूद्ध भिडिओ राखेको भन्दै आइटी अफिसरले स्थानियलाई कुटे - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

फेसबुकमा आफूविरूद्ध भिडिओ राखेको भन्दै आइटी अफिसरले स्थानियलाई कुटे

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२०
  • सुन्नुहोस् 
1.4K   
फेसबुकमा आफूविरूद्ध भिडिओ राखेको भन्दै आइटी अफिसरले स्थानियलाई कुटे

बझाङ।  सामाजिक सञ्जाल फेसबुकमा आफूविरूद्ध भिडिओ राखेको भन्दै बझाङका एक स्थानिय तहका अफिसरले स्थानीय माथि  कुटपिट गरेका छन। जिल्लाको बुंगल नगरपालिकाका आइटी शाखा प्रमुख रमेश कार्कीले सोहि नगरपालिकाका स्थानिय रामचन्द्र जोशीमाथि  कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ। 

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए। ‘अस्ति १७ गतेको कार्यालयमा एक जना कर्मचारी नभेटेको भिडिओ बनाएर फेसबकुमा राखें, १८ गते हिजो आइटी सरले एक्कासि गालीगलौज गरेर ममाथि हातपात गरेको हो, बीच बजारमै मान्छेको अगाडि चरित्र हत्या गर्नेगरी कुटपिट गरेको हो,’ उनले भने।

उनले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताए।हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमाणपत्र भनेर दैनिक टर्चर गर्ने,  फेसबुकमा लेख्ने गरेको र यस्तो किन गर्छस् भनेर कि त मेरो शैक्षिक प्रमाणपत्र छानबिनका लागि पठाऊ, कि मेरो बेइज्जत नगरभन्दा विवाद भयो, हात हालाहाल भएको हो, घटना हुनुमा मुख्य कारण यही हो,’ कार्कीले भने। घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताए।‘उनीहरू दुवै पक्ष प्रहरी कहाँ आउँदैछन् भन्ने बुझिएको छ, घटनाबारे बुझ्छौं, आवश्यक परे कानूनी प्रक्रिया पनि अगाडि बढाउँछौं,’ भण्डारीले भने।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:12) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च