सरकारबाट असहयोग भएको भन्दै देशभक्तिपूर्ण चलचित्र काँडेतार प्रदर्शन बन्द गर्ने घोषणा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

सरकारबाट असहयोग भएको भन्दै देशभक्तिपूर्ण चलचित्र काँडेतार प्रदर्शन बन्द गर्ने घोषणा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२७
  • सुन्नुहोस् 
999   
 सरकारबाट असहयोग  भएको भन्दै देशभक्तिपूर्ण चलचित्र काँडेतार प्रदर्शन   बन्द गर्ने घोषणा

 काठमाडौं । नेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ ।निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।

त्यसअघि खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । तर सोही मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । तर यो फिल्ममा सरकारबाट पनि सहयोग नपाएको गुनासो निर्देशक खड्काले गरेका छन् ।

यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गर्छ ।निर्देशक खड्काले  फिल्म ‘काँडेतार’को मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने शहीद परिवार र घाइतेको उपचारमा सहयोग गर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च