कांग्रेसको जारी महासमिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

कांग्रेसको जारी महासमिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१०
  • सुन्नुहोस् 
792   
कांग्रेसको जारी महासमिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

काठमाडौँ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा संस्थापन इतर समूहका नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने माग भएको छ । ललितपुर गोदावरीस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी काँग्रेस महासमितिको बुधबार बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका प्रतिनिधि शेख वकिलले कोइरालालाई वरिष्ठ नेता बनाउने माग गरेका हुन् ।

उनले मधेसका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाएका छन्। उनले मधेसको विकासको निम्ति केही नबोलेको बताए । सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्ने भन्दै उनले शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्ने माग गरेका हुन् । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेर बहादुर देउवासँग सभापतिमा पराजित भएका कोइराला पार्टीमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका छन् । उनलाई वरिष्ठ नेता बनाउनुपर्ने माग पार्टीमा महाधिवेशनपछि उनी पक्षधर नेता कार्यकर्ताले उठाउँदै आएका छन् ।

कांग्रेसमा पार्टीको महाधिवेशनपछि महासमिति बैठकलाई महत्वका साथ हेरिन्छ। महासमिति बैठकमा बुधबार समूहगत छलफल चलिरहेको छ। मंगलबारको बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफलका लागि महासमिति प्रतिनिधिहरुलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरिएको छ।

चार समूहका लागि छुट्टछुट्टै छलफल कक्ष बनाइएको छ। गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेन माथि बहस गरिरहेका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च