हामि संग जोडिनुहोस

समाचार

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-९
  • सुन्नुहोस् 
690  
Banner

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको हो । 

टीकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ। उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए। 

इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च