समाचार
बैतडीमा २० हजार मूल्यको अखाद्य वस्तु नष्ट

बैतडी । बैतडीमा २० हजार मूल्यको अखाद्य वस्तु नष्ट गरिएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीको स्थानीय बजारमा भेटिएका उक्त मूल्यका अखाद्य वस्तु नष्ट गरिएको हो ।
मंगलवार बजार अनुगमनका क्रममा पाइएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।
पालिकाको अनुगमन समिति, जनप्रतिनिधी र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गरेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्