काँग्रेस महासमिति बैठक:पेस भएका प्रतिवेदनमाथि आजबाट छलफल सुरु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

काँग्रेस महासमिति बैठक:पेस भएका प्रतिवेदनमाथि आजबाट छलफल सुरु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१०
  • सुन्नुहोस् 
636   
काँग्रेस महासमिति बैठक:पेस भएका प्रतिवेदनमाथि आजबाट छलफल सुरु

काठ्माण्डौ । नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ । सोमबारदेखि सुरु भएको काँग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए ।

बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, काँग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए । 

पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि चार वटा हलहरूमा छलफल हुने काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । काँग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च