राजनीति
नेविसंघको १२ औं महाधिवेशन ०८१ असार ११ गते गर्ने गरी प्रस्ताव
काठ्माण्डौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन ०८१ असार ११ गते गर्ने गरी प्रस्ताव गरेको छ ।
कांग्रेसको जारी महासमिति बैठकमा सहभागी केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् ।
उनले चैत १५ देखि ०८१ वैशाख १५ गतेसम्म सुझाव सङ्कलन र सदस्यता वितरण गर्न प्रतिनिधि चयन गर्ने, प्रतिनिधि चयन गर्न सूची प्रकाशन वैशाख २५ मा, ०८१ जेठ १ गते मावि, उमावि, सिटिइभिटी, क्याम्पसका अधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
जेठ ३ गते स्थानीय, गाउँ÷नगर अधिवेशन, जेठ ६–१० सम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरू अधिवेशन, जेठ १६ गते ७७ जिल्ला अधिवेशन, जेठ २५ गते प्रदेश अधिवेशन र ०८१ असार ११ गते १२ औं केन्द्रीय महाधिवेशन गर्न अध्यक्ष शेर्पाले प्रस्तावित कार्यतालिका पेश गरेका छन्।
लामो समयदेखि नेविसंघले महाधिवेशन गरेको छैन । कांग्रेसले महाधिवेशन गर्न भन्दै तदर्थ समिति बनाउँदै म्याद थप गर्दै आइरहेको छ।
यसैबीच नेविसंघले यही फागुन १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक बस्नेछ । उक्त बैठकमा १२ औं महाधिवेशन मितिलगायत विषयमा पनि छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्