राजनीति
काँग्रेसको महासमिति बैठक बस्नुअघि सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग डा. कोइरालाको छलफल
काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् ।
महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ । छलफलमा पुष्प शाह–अछाम, पदम बोगटी–कञ्चनपुर, चतुरबहादुर चन्द–बैतडी, भीम साउद–डडेल्धुरा, रामसिंह रावल–बाजुरा, खड्ग बोहरा–बझाङ, नरेन्द्रबहादुर सिंह–डोटी र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्दैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्