समाचार
मेलकट्टेश्वर माद्यामिक विद्यालयको वार्शिकउत्सव सम्पन्न

धनगढी । कैलालीको चुरे गाउँपालिकामा रहेको श्री मेलकट्टेश्वर माध्यमिक बिधालयको ६३ औं वार्शिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । चुरेको वडा नं. ६ बयलास्थित मेलकट्टेश्वर माध्यमिक विद्यालयले आइतबार अतिरिक्त क्रियाकलाप सङ्गै रक्त दान कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो ।
६३औं वार्शिकउत्सव समारोहको अवसर पारी“बृहत रक्तदान कार्यक्रम“पनि आयोजना गरेको थियो । जसमा शिक्षक, बिद्यार्थी र अभिभावक गरि ३० जनाले रक्तदान गरेको बिधालयका शिक्षक सुभाष चन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक बम बहादुर खत्रीले बिधालयको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
वार्शिकउत्सव कार्यक्रममा बिद्यार्थिहरुले साङ्स्कृतिक प्रस्तुतिहरु गित, नृत्य गर्नुका साथै शैक्षिक बर्ष २०७९ मा विभिन्न कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुने बिद्यार्थीहरुलाइ प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका ब्यक्तिहरुले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
बिधालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट स्थान ल्याउन सफल बिद्यार्थीहरुलाइ पनि प्रमाणपत्र र पुरस्कार बितरण गरिएको
कार्यक्रममा अभिभावकहरुको“धैटो फोड“प्रतियोगिता पनि राखिएको थियो । ब्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाश बहादुर बम रहेका थिए ।
यस्तै चुरे गाउँपालिकाका उपाध्यक्ष धना कुमारी थापा विशिष्ट अतिथी वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद , समाजसेवी हरिशङ्कर नाथ लगायतका ब्यक्तिहरु अतिथिको रुपमा उपस्थिति रहेको थिए । यस्तै बिधालयका शिक्षक गणेश सिंह ठगुन्नाले कार्यक्रम सन्चालन गरेका थिए भने शिक्षक बिनोद बहादुर सिंहले स्वागत मन्तब्य राखेका थिए । मेलकट्टेश्वर मा. बि. २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल पाँच सय जना बिद्यार्थीहरु ।
तपाइको प्रतिक्रिया दिनुहोस्