हामि संग जोडिनुहोस

समाचार

बैतडी समाजद्धारा अयोजित रक्तदानमा ५२ जनाले गरे रक्तदान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-५
  • सुन्नुहोस् 
903  
Banner

धनगढी । कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको छ ।बैतडी समाज कैलालीले आज शुक्रवार धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको समाजका रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए ।शुक्रवार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका उनले बताए । 

उक्त १२ औँ बृहत् रक्तदान महोत्सवमा पुर्व प्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।  स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि ११ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०२३ जना स्वंयमसेवी रक्तदाताहरुले रक्तदान गरिसकेको संयोजक चन्दले जानकारी दिए ।बैतडी समाज कैलालीले “रक्तदान जिवनदान“ भन्ने मुल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्