हामि संग जोडिनुहोस

कैलाली विशेष

वडा अध्यक्ष फुटबल कपको उपाधि धनगढी वडा नम्बर १२ जुगेडालाई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-४
  • सुन्नुहोस् 
1.92K  
Banner

धनगढी। वडा अध्यक्ष फुटबल प्रतियोगितामा  धनगढी उपमहानगरपलिका वडा नम्बर-१२ जुगेडाले उपाधि हात पारेको छ । आयोजक फूलवारी– ११ स्पोर्टस् क्लबल धनगढी-१४ र   वडा नम्बर-१२ बिच भएको फाईनल खेलमा ३–२ गोल अन्तरले वडा नम्बर-१२ले उपाधि हात पारेको हो । उपाधिसंगै  धनगढी-१२ले  एकलाख एक हजार पाँच सय पछपन्न  र  उप बिजेता  बनेको आयोजक फूलवारी– ११ स्पोर्टस् क्लबल धनगढी-१४ ले पचाँस हजार पाँचसय  पछपन्न  नगद  पुरुस्कार पाएको छ । 

बिजेता र उपबिजेता टिमलाई धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख कन्दकला रानाले पुरुस्कार वितरण गरेकी छिन् । आयोजक क्लबका अध्यक्ष महेश गोलेको अध्यक्षतामा बिभिन्न अन्य बिधामा समेत पुरुस्कार बितरण भएको थियो ।  धनगढी–१४ स्थित न्यू बुद्ध स्पोर्टस् युबा क्लबको खेल मैदानमा माघ २६ गतेदेखि  प्रतियोगिता संचालन भएको थियो  । प्रतियोगितामा बिभिन्न  १६ क्लबको सहभागिता रहेको थियो  । प्रतियोगिता संचालन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर १४ले  चालु आर्थिक वर्षको बजेटमा चारलाख बजेट बिनियोजन गरेको थियो ।



तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च