हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-५
  • सुन्नुहोस् 
1.12K  
Banner

धनगढी। बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोक विजय अधिकारीले जानकारी दिए। 

भूकम्पको धक्का आसपासका आधा दर्जन जिल्लामा महसुस गरिएको छ। ‘गएको असोजमा गएको बझाङ भूकम्पपछि अहिलेसम्म त्यस क्षेत्रमा ६ सय भन्दा धेरै परकम्प गइसकेका छन्,’ अधिकारीले नेपालखबरसँग भने, ‘आज बिहान गएको भूकम्प पनि बझाङ भूकम्पकै परकम्प हो।’

 गएको असोज १६ गते पनि बझाङ केन्द्रबिन्दु भएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो। 

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। 


तपाइको प्रतिक्रिया दिनुहोस्