हामि संग जोडिनुहोस

मनोरञ्जन

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र कार्की अनुबन्धित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१६
  • सुन्नुहोस् 
1.18K  
Banner

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् ।

निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी मिस्टर नेपाल घोषित हुनुअघि नै साइन भइसकेको रेखाले बताइन् ।

बुद्ध एयरका व्यावसायिक पाइलट समेत रहेका कार्कीको यो डेब्यु फिल्म हुनेछ । ‘रेखा फिल्म्सले पहिलेदेखि नै नयाँ प्रतिभा र कलाकारलाई डेब्यु गराउँदै आइरहेको छ । त्यसैको निरन्तरतास्वरुप मिस्टर नेपाल कार्कीलाई डेब्यु गराएका हौं,’ रेखाले अनलाइनखबरसँग भनिन् ।

‘उपहार’ निर्देशक समेत रहेका ज्ञानेन्द्र देउजा र रेखाको सहकार्य रहेको फिल्म ‘हिफाजत’मा अहिलेका चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पित र अभिनेता आयुष रिजालले डेब्यु गरेका थिए । अहिलेको फिल्मलाई पनि कल्पितले खिच्ने भएका छन् । आइतबार कल्पितसँग पनि सम्झौता भएको छ ।

फिल्मको शीर्ष भूमिकामा यसअघि रेखासहित पूजा शर्मा र मुकुन भुसाल पनि फाइनल भइसकेका छन् । फिल्मको छायांकन भदौ ७ गतेदेखि सुरु हुने जनाइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्