कैलालीका १२ पालिकामध्ये ४ मा नागरिक, ३ मा काँग्रेसको अग्रता

धनगढी, ३ बैशाख/मतगणना जारी रहेका कैलालीका १२ पालिकामध्ये ४ मा नागरिक उन्मुक्ति पार्टी र तीनमा नेपाली काँग्रेसको अग्रता कायम छ । अन्तिम मतपरिणाम घोषणा भएको चुरे गाउँपालिका अध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् ।
१३ पालिका रहेको कैलालीको धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । हमाल गठवन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि रहेका छन् ।
कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले र घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।