कैलारी वडा नम्बर ५ को अध्यक्षमा काँग्रेसका विष्णुप्रसाद

धनगढी, ३ बैशाख/कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद चौधरीले प्यानलसहित विजयी भएका छन । उनी वडा अध्यक्षमा दोश्रो पटक विजयी भएका हुन् ।
उनले १५२३ मत ल्याएर विजयी भएका हुन । सदस्यमा भागुदास चौधरी, मानबहादुर चौधरी, अनारकली चौधरी र पवित्रा परियार विजयी भएका हुन ।
यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन ।
वडा नम्बर १ देखि ५ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार राजसमझ चौधरीले ५२०७ मत प्राप्त गरि पहिलो, राप्रकाका उम्मेदवार होमबहादुर गुरुङले ३८८६ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ३०८५ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन ।
उपाध्यक्षतर्फ काँग्रेसकी भगवती चौधरी ५२१२ मत, राप्रापाकी पिंगला थारु ३३२९ र माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु ३१९२ मत प्राप्त गरेकी छन ।