अमरगढीको मेयर र उपमेयरमा काँग्रेस विजयी

डडेल्धुरा, ३ बैशाख/डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा काँग्रेसका डिल्लीराज जोशी विजयी भएका हुन ।
उनले ३ हजार ६१९ मत ल्याए ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस विपिका हरि भट्टले ३ हजार ४२६ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेपाली काँग्रेसकै पार्वती झुकाल विजयी भएकी छिन । उनका निकट प्रतिद्वन्द्वी एमालेका यज्ञराज अवस्थी पराजित भए । वडा नम्बर १ देखि ७, ९, १० र ११ मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा काँग्रेस विपि विजयी भएको छ ।