कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

धनगढी, बैशाख २४/ कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। शुक्रबार राति जिल्लाको गौरीगंगा नगरपालिका-१ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ६४६० नम्बरको सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।
ट्रक चालक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ का ४४ वर्षीय शेरबहादुर दमाई सामान्य घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रक आफै अनियन्त्रित भई पल्टिएको बताइएको हो।